
मतपेटीका, अनुसूची फारम, मुचुल्का फारम तथा मतदानका लागि प्रयोग हुने जम्मा ९४ किसिमका सामग्री मतदान अधिकृतलाई हस्तान्तरण गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण नायकले जानकारी दिए ।
निर्वाचन सामग्री लिएर मतदान अधिकृतहरु आजैदेखि मतदानस्थलमा पुग्नेछन् । १० गतेसम्म जिल्लाका सातवटै स्थानीय तहका मतदान केन्द्र र स्थलमा सामग्री पठाई सकिने जिल्ला निर्वाचन कार्याललयले जनाएको छ ।
दुई नगरपालिका र पाँच गाउँपालिका रहेको डडेल्धुरामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र छन् । जस्का लागि सुरक्षा निकायको उपस्थिति तथा आवश्यक सामग्री सहित ८ सय ६९ जना कर्मचारी खटाईने भएको छ ।
प्रतिक्रिया दिनुहोस्