
स्थानीय मस्जिद बाहिर ड्युटीमा रहेका उनलाई भीडले एक्कासी आक्रमण गरेको बताइएको छ । उनलाई निर्वस्त्र तुल्याएर पिट्दै हत्या गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
प्रहरीले सुरुमा गोली चलाएपछि भीड आक्रोसित भएको बताइएको छ ।
बिहीबार राति नौहट्टा क्षेत्रमा उनी जामिया मस्जिल बाहिर ड्युटीमा तैनाथ थिए । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार उनले राति मस्जिद बाहिर आउँदै गरेका केही व्यक्तिको तस्वीर लिइरहेका थिए ।
सडकमा रहेका ती व्यक्तिहरुले डिएसपी पण्डितलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर उनले ती व्यक्तिलाई रोक्न गोली चलाएपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो ।
सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । स्थिति तनावपूर्ण रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्