
दुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ ओटा मतदानस्थल तोकिएको छ ।
तानसेन तगरपालिकामा तीनओटा, रामपुर नगरपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चारओटा गरी जम्मा १८ ओटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।
त्यस्तै, जिल्लामा ४० ओटा मतदानस्थल संवेदनशील रहेका छन् । जसअन्तर्गत् तानसेन नगरपालिकामा सात, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा दुई, पूर्वखोला गाउँपालिकामा तीन, रम्भा गाउँपालिकामा पाँच, वगनासकाली गाउँपालिकामा तीन, माथागढी गाउँपालिकामा चार, रिब्दिकोट गाउँपालिकामा तीन, तिनाहुँ गाउँपालिकामा दुई र रैनादेवी छहरा गाउँपालिकामा ६ ओटा मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाभरमा ६० ओटा मतदानस्थल सामान्य अवस्थामा छन् । जसमा तानसेन नगरपालिकामा १२, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा सात, पूर्वखोला गाउँपालिकामा पाँच, रम्भा गाउँपालिकामा चार, बगनासकाली गाउँपालिकामा ८, माथागढी गाउँपालिकामा पाँच, रिब्दिकोट गाउँपालिकामा सात, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी गाउँपालिकामा चारओटा रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्