४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


कतारलाई युएईले दियो यस्तो चेतावनी


0
Shares

छिमेकी देशहरुलेसमेत कूटनीतिक समाधान नखोजेमा खाडी क्षेत्र कतारदेखि विभाजित हुनसक्ने चेतावनीसमेत युएईले दिएको छ ।

साउदी अरब, युएई, बहराइन र इजिप्टले ग्यासका लागि धनी राष्ट्र कतारलाई आतंकवादलाई सहयोग पुर्‍याएको भन्दै कतारसँगको कूटनीतिक सम्बन्धविच्छेद गरेको घोषणा गरेका थिए ।

उनीहरुको माग औपचारिकरुपमा नभएपनि सामाजिक सन्जालहरुमा देखिएका विवरणहरुमा दोहामा सन्चालित ‘अल जजिरा’ न्युज च्यानल बन्द गर्नुपर्ने, इरानसँगको कूटनीतिक सम्बन्ध र कतारस्थित टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने अडान छ ।

‘कतारका मागहरु सम्बोधन गराउन र अन्य छिमेकी देशहरुसँग सम्बन्ध सुधार गर्न हाम्रो देशले मध्यस्थता गर्न तयार छ’–युएईका विदेश मामिला राज्यमन्त्री अनवार गार्गासले ट्वीटरमा लेखेका छन् ।

‘आफ्ना मागहरु र छिमेकी देशहरुका चासोहरुलाई कतारले गम्भीरतापूर्वक छिमेकी देशहरुसँग छलफल गर्नेछ वा छुट्टै बाटो लिनेछ’–उनले भने । रासस/एएफपी