Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


नेपाली बजारमा आयो नयाँ प्रविधिको इँटा


0
Shares

जर्मन प्रविधिमा आधारित यस इँटाले परम्परागत माटोको रातो इँटाको सट्टामा काम गर्ने अपेक्षा गरिएको छ ।

सिमेन्ट, चुन र आल्मुनियमको प्रयोग गरेर बनाइएको यो इँटा नेपाली बजारकै लागि नयाँ हो ।

चितवनको पर्सामा रहेको यसको कारखाना वातावरणमैत्री पनि रहेको छ ।

४० करोड रुपैयाँको लागतमा निर्मित कारखानाबाट उत्पादित इँटालाई बजारको भने खासै समस्या नरहेको इन्जिनियर सुवास अधिकारी बताउँछन् ।

झन्डै पाउरोटी बनाउने तरिकामा निर्माण गरिने यस इँटाले परीक्षण उत्पादन गरिसकेको छ ।

ल्याब परीक्षणबाटसमेत सफल भएपछि बजारमा पठाइएको यस इँटाको वजनसमेत कम भएकाले भूकम्पप्रतिरोधी घर निर्माणमा पनि उपयुक्त रहेको अधिकारीको भनाइ छ ।