
क्यामडेन काउन्सिलका पाँच वटा टावरमा रहेका ८ सयभन्दा बढी फ्ल्याट खाली गर्न थालिएको हो ।
गत हप्ता लण्डनको २४ तले ग्रेनफेल टावरमा आगलागी हुँदा कम्तिमा ७९ जनाको ज्यान गएपछि क्यामडेनका टावरमा पनि आगलागीको खतरा देखिएको भन्दै त्यहाँ रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न थालिएको हो ।
टावरमा प्रयोग भएका सामग्री आगोले छिटो टिप्ने खालको रहेको र ग्यासको पाइपको व्यवस्थापन सुरक्षति नरहेको हुन सक्ने आशंकामा मानिसलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको क्याडेन काउन्सिलले जनाएको छ ।
सुरुमा ट्यापलो टावरका फ्ल्याट मात्रै खाली गर्ने भनिएको थियो । तर पछि सबै पाँचै टावरका फ्ल्याट खाली गर्ने काउन्सिलले जनाएको हो ।
अब पाँचै टावरको अग्नि सुरक्षाको अवस्था जाँच गरिने र त्यसपछिमात्रै त्यहाँ परिवारलाई फिर्ता पढाइने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्