
राजधानी इस्तानबुलबाट करिब एक सय किलोमिटर पूर्वमा पर्ने अक्याजी शहरमा रहेको वाटर पार्कमा विजुलीको करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको हो ।
करेन्ट लागेका बालबालिकालाई उद्दार गर्न गएका अरु दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।
स्वीमिङ पुलमा तीन जना बालबालिका नुहाइरहेका बेला किनारामा रहेको धातुमा करेन्ट लागेको थियो ।
बालबालिकालाई करेन्ट लागेको देखेपछि वाटरपार्कका ५८ वर्षीय मालिक र उनका ३० वर्षीय छोरा बचाउनका लागि गएका थिए ।
तर पाँचै जनाको मृत्यु भएको हो । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
अरु दुई जनालाई पनि करेन्टले सामान्य असर पारेको बताइएको छ । स्वीमिङ पुलमा करेन्ट कसरी लाग्यो भन्ने अझै खुल्न सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्