Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मुस्लिमलाई मधेसी समुदाय भित्र राख्न मिल्दैन् : अध्यक्ष ओली


0
Shares

काठमाडौं महानगरपालिकाका नवर्निवाचित प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण वडा अध्यक्षहरुको सम्मानमा नेपाल मिलत परिषदले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा नजानेहरुले मुलुकको हित नचाहेको दाबी गरे ।

धर्म र जातका आधारमा हुने बिभेद आफ्नो पार्टीलाई अस्विकार्य हुने भन्दै उनले अधिकार, अवसर र समानताको पक्षमा एमाले रहेको प्रष्ट पारे ।

मधेसी समुदायभित्र मुस्लिम समुदायलाई राख्न नहुने भन्दै ओलीले त्यसो गरे एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले मुस्लिम समुदाय अल्पसंख्यक भएकाले उनीहरुलाई राज्यका प्रत्येक निकायमा समान सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा एमाले सल्लाहकार परिषद्का सदस्य तथा मिलत केन्द्रका अध्यक्ष समिम अन्सारीले मुस्लिमका अधिकार सुनिश्चित नभएसम्म आफूहरु लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

मुस्लिमहरु निर्वाचनको पक्षमा रहेको भन्दै उनले निर्वाचनपछि आफ्ना हक, अधिकार सुनिश्चित हुनेमा आशावादी रहेको बताए ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका नवर्निवाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पूर्ण प्रतिनिधिलाई अध्यक्ष ओलीले सम्मान गरेका थिए ।