Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राप्रपाले ‘बागी’को साधारण सदस्यता खारेज गर्ने


0
Shares

पार्टीले स्थानीय तहमा संगठन निर्माणमा गरेको दुःख र त्यागको मूल्यांकन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टीले यही असार १४ गते हुने ३३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय संगठनलाई स्थानीय नगर तथा वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचार–प्रसार गर्न निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न नसकेपछि यसपटकको निर्वाचनमा विभिन्न प्रचार–प्रसारका कार्यक्रमका साथै राजनीतिक गतिविधि तथा अभियान सन्चालन गरिरहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

उनकाअनुसार करिब ३०० स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारी दिइएको छ ।

पार्टीले जित्ने सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने र जित्नसक्ने स्थानमा अरु दलको सहयोग लिएर तालमेल गर्ने नीति लिएको छ ।

यसपटक पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारी पनि चुनाव प्रचार–प्रसारकाक्रममा विभिन्न जिल्लाको दौडाहामा छन् । रासस