Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


रुपन्देहीको अतिसंवेदनशील मानिएका निर्वाचन केन्द्रको निरीक्षण


0
Shares

असार १४ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देही प्रशासनले अतिसंवेदनशील मानिएका मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाअन्तर्गत् पर्ने मतदान केन्द्रको निरीक्षण गरेको हो ।

संवेदनशील क्षेत्रको शान्ति–सुरक्षा, मतदान केन्द्रको अवस्था र निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा रणनीति तय गर्न मतदान केन्द्रहरुको निरीक्षण गरिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको नेतृत्वमा प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकसहित सशस्त्र प्रहरीका जिल्ला प्रमुख, नेपाली सेनाका जिल्ला प्रमुख र राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायका प्रमुखहरुले निरीक्षण गरेका हुन् ।

टोलीले मतदात केन्द्र निर्धारण गरिएका स्थानको पूर्वाधार तथा सम्भावित सुरक्षा सतर्कताकाबारेमा जानकारी लिएको थियो ।

सोक्रममा प्रमुख जिल्ला अधिकारी सिंहले मतदाताको शान्ति–सुरक्षालाई ध्यानमा राखी व्यापक प्रहरी परिचालन गरिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका थिए ।