
अरुबेला खासै नजरमा नपर्ने दलित बस्ती पनि चुनावकाबेला स्थानीय राजनीतिक दल तथा नेताहरुको मुख्य आकर्षण बन्ने गरेको छ ।
तर शिक्षा, स्वास्थ्य, आर्थिक अवस्थालगायत हरेक कुराले पछि परेका अधिकांश दलित बस्तीले यो वर्ष पनि कुनै नयाँ एजेन्डाको महसुस गर्न पाएनन् ।
अघिल्ला निर्वाचनमाजस्तै राजनीतिक दलले शिक्षा, स्वास्थ्य, खानेपानी रोजगारलाई नै मुख्य एजेन्डा बनाएर भोट माग्न आएको पाख्रिवास नगरपालिका वडा नम्बर–५ कटहरेका प्रेम बिक बताउँछन् ।
पटक–पटकका एउटै एजेन्डा लिएर भोट माग्न आउँदा अधिकांश दलित बस्तीमा यो निर्वाचनले न त रौनाक नै ल्याउन सक्यो न त नेताले उनीहरुको विश्वास नै पाउन सकेका छन् ।
जुनसुकै दलले जिते पनि आफ्नो माग कुनै दलले पनि सम्बोधन नगरेकाले राजनीतिक दलप्रति कुनै विश्वास नरहेको स्थानीय काजीमान बिक बताउँछन् ।
तर, अघिल्ला निर्वाचनभन्दा यो निर्वाचन र यो निर्वाचनबाट आउने प्रतिनिधि बिल्कुलै फरक, अधिकार सम्पन्न हुने भएकाले दलभन्दा पनि सक्षम उम्मेदवार छान्ने धनकुटा, पाख्रिवास–५ का इन्द्र लामगादे बताउँछन् ।
पटक–पटक एउटै एजेन्डा लिएर भोट माग्न जाने तर निर्वाचनपछि ती एजेन्डा चटक्क भुल्ने गरेकाले जनता हैरान बन्ने गरेका छन् । जसको कारण राजनीतिक दल र नेताप्रतिको विश्वाससमेत गुम्नेक्रम बढ्दो छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्