८ असार २०८२, आइतबार | Sun Jun 22 2025


भोट माग्दै ‘होचा’ उम्मेदवार पंकज


0
Shares

भद्रपुर नगरपालिका–८ निवासी कार्की वडासदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

चार फुट उचाइका २९ वर्षीय कार्की आफूलाई नेपालकै होचो उम्मेदवार भएको दाबी गर्छन् । तर, मानिसको कदभन्दा विचार ठूलो हुनुपर्ने मान्यता उनी राख्छन् ।

‘मानिसको विचार उच्च हुनुपर्छ’–उनले भने–‘नगरको भ्रष्टाचारको अन्त्य मेरो उम्मेदवारीका मुख्य कारण हो ।’

उनले युवाको बढ्दो विदेश पलायन रोख्न सक्दो पहल गर्ने दृढता पनि व्यक्त गरे ।

रासससँगको कुराकानीमा उनले भने–‘डिग्री पढेर पनि युवा विदेशिनु परेको छ । युवाको क्षमताको आधारमा रोजगार सिर्जना गर्न विशेष पहल गर्छु ।’

उनले चुनाव चिह्न ‘बाघ’ पाएका छन् । युवा वर्गको समर्थन पाएकाले आफू सहजरुपमा जित्ने दाबी उनी गर्छन् । रासस