Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बाजुरामा कांग्रेस–एमालेबीच झडप, दुईजना घाइते


0
Shares

निर्वाचन प्रचार–प्रसारमाकाक्रममा सेलारावाडामा भएको झडपमा परी कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका हुन् ।

घाइते हुनेमा बूढीगंगा नगरपालिका–३ की ४२ वर्षीया बसु सेराला र २० वर्षीय वीरेन्द्र रौले रहेको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।

प्रचार–प्रसारकाक्रममा कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो ।

घाइते भएको बसु सेरालाको टाउकोमा गम्भीर चोट लाग्दा जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अछामको बयालपाटामा पठाइएको कांग्रेसका बूढीगंगा–३ का वडाध्यक्षका उम्मेदवार जयराज उपाध्यायले बताए ।