दृष्यः म्याग्दीको तामाखानी । फाइल फोटो ।
खानी तथा भू–गर्भ विभागले गरेको अध्ययनमा नेपालका पहाडी, मध्यपहाडी र तल्लो हिमाली क्षेत्रमा खनिजको सम्भावना रहेको जनाएको हो ।
विभागका प्रवक्ता कृष्णदेव झाले सम्भावना रहेको ९६ हजार वर्गकिलोमिटरमध्ये ५० हजार वर्गकिलोमिटरमा अध्ययन गरिसकिएको र केही खानी सन्चालनमा रहेको जानकारी दिए ।
हाल नेपालमा कोइला, फलाम, काइनाइट, चुनढुंगा, क्वार्ज, रातोमाटो, खरी, टुर्मालिनलगायतका खानी सन्चालनमा रहेको प्रवक्ता झाले बताए ।
उनले भने–‘खानी सन्चालनका लागि १२१ कम्पनीलाई विभागले अनुमति दिएपनि हाल ८५ खानीमात्र सन्चालनमा रहेका छन् ।’
यस्तै, विभागले चालु आर्थिक वर्षमामात्र ६ हजार १६५ वर्गमिटर खानीको अध्ययन गरेको छ । नवलपरासी, धादिङ, मुस्ताङलगायतका जिल्लामा खानी रहेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता झाले खानीको विस्तृत अध्ययन गरेर खानी सन्चालनका लागि उत्पादक कम्पनीलाई अनुमति दिने बताए । रासस









प्रतिक्रिया दिनुहोस्