Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


ताप्लेजुङबाट चीन जोड्ने सडक निर्माणका लागि अर्थले दियो ६० करोड


0
Shares

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बहुवर्षीय ठेक्का प्रदान गरेको हो ।

उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले बहुवर्षीय ठेक्का प्रणालीमार्फत् कार्य अघि बढाउन अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाई ६० करोड ४५ लाखको बजेटमा सहमति दिएको बताए ।

करिब तीन महिनाअघि लोकमार्ग आयोजनाले निमार्णाधीन सडकखन्डलाई ओलाङ्चुङगोला र टीपतालापाससम्म जोड्न ६० करोड बढीको बजेट प्रस्ताव सडक विभागमा पेस भएको थियो ।

९५ किलोमिटर दूरी रहेको सुकेटार–ओलाङ्चुङगोला–टीपतालापास सडकखन्डको अब ४६ किलोमिटर खन्डमात्र खन्न बाँकी रहेको जनाइएको छ ।