४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


बेलायतको ससंदमा साइबर आक्रमण, नेता तथा कर्मचारीको एकाउन्ट ह्याक गर्ने प्रयास


0
Shares

बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर साइबर आक्रमण भएको हो ।

अधिकारीहरुले संसद्को एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन् । यसपछि अधिकारीहरुले तत्काल सांसद तथा सबै संसदीय कर्मचारीको ईमेलको रिमोट एक्सेस बन्द गरिदिएका थिए ।

यसपछि लन्डनबाहिर रहेका सांसदहरुले ईमेल पढ्न नसक्ने भएका छन् ।

एक जना संसदीय प्रवक्ताले संसदीय नेटवर्क युजर्सको खातासम्म अनधिकृतरुपमा पुग्ने प्रयास भएको बताएका छन् ।

उनले संसद्को खाता र सिस्टमको सुरक्षालाई बलियो बनाउने प्रयास भइरहेको बताए ।

सरकारी अधिकारीहरुले साइबर हमला नियन्त्रणमा आइसके पनि सतर्कता भने जारी राखेको बताएका छन् । (एजेन्सी)