Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


अनलाईनमा व्यवसाय चम्काउन आयो ‘क्याचिरोड डटकम’


0
Shares

काठमाडौं, असार ११ । नेपालमा अनलाइन व्यापार फस्टाइरहेको बेला सबैखाले आफ्नो व्यवसाय प्रवद्र्धन र जानकारीका लागि क्याचीरोड डटकम( catchyroad.com )  नामक ‘विजिनेस साइट’ संचालनमा आएको छ ।

अनलाइनबाटै अत्यावश्यक सामाग्रीको किनवेच तथा आफ्नो व्यवसायको विज्ञापन देखि लोकेशनको पुरा जानकारी यस साइटमा हेर्न पाइने कार्यकारी प्रमुख रोहितजंग कुँवरले जानकारी दिए ।

‘हामी अन्य सपिङ साइटहरु भन्दा पृथक र सजिलो छौं,’ उनले भने, ‘लोकल विजिनेस डाइरेक्ट्री साइटका रुपमा संचालनमा ल्याएका हौं ।’

क्याचिरोडमा आवश्यक सामाग्रीको सपिङ, अटोमोबाइल सोरुम, ट्राभल्स एण्ड टुर्स, रियल स्टेट, रेष्टुरेन्टलगायतको जानकारी तथा आफ्नो व्यवसायको प्रवद्र्धन पनि गर्न पाइन्छ । व्यवसायको प्रवद्र्धन निशुल्क गर्न पाउने व्यवस्था पनि मिलाइएको छ ।

पछिल्लो समयमा नेपालमा अनलाइन सपिङ ब्यापक रुपमा फस्टाइरहेको छ । हाल विभिन्न प्रकारका अनलाइन सपिङ कम्पनीहरुले उपभोक्ताहरुलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेका छन् ।