Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


टेबलटेनिसमा सुस्मिता खड्का र स्मृति पन्तलाई स्वर्ण


0
Shares

काठमाडौं, माघ २० । विजेश्वरीकी सुस्मिता खड्का र स्वर्णिमकी स्मृति पन्तले दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको १२ वर्ष मुनिको गर्ल्स सिंगल्स फाइनलमा सुस्मिताले एभीएमकी वियंका राईलाई ११–६, ११–९ र ११–४ को सोझो सेटमा पराजित गरिन् । यु–१६ गर्ल्स सिंगल्स फाइनलमा स्मृतिले आफ्नै स्कुलकी आभा पन्तलाई ११–५, १२–१० र ११–५ को सीधा सेटमा हराइन् ।

ललितपुर जिल्ला टेबलटेनिस संघले आयोजना गरेको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष फाइनलमा अखिल नेपाल टेबलटेनिस क्लबका चन्दन शाहीले सुनसरीका रन्जन सुब्बालाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पहिलो स्थान हात पारे ।

काठमाडौंका उमेश मानन्धर र जयराम महर्जन संयुक्त रुपमा तेश्रो भए । शीर्ष तीन स्थानमा रहने उनीहरुले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सयका दरले नगद पुरस्कारको हकदार बने ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी छन् ।