८ असार २०८२, आइतबार | Sun Jun 22 2025


दोस्रो चरणको निर्वाचनका लागि ३५ जिल्लामा मतदाता परिचयपत्र वितरण सुरु


0
Shares

आयोगले ३५ जिल्लाका २ सय ३४ स्थानीय तहमा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षासमेत सञ्चालन गरेको हो ।

शनिबार बेलुकासम्म सबै मतदान स्थलमा निर्वाचन अधिकृत पुर्‍याएको आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले दोस्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । १४ गते हुने चुनावबाट १५ हजार ३८ जना प्रतिनिधि चुनिनेछन् ।

दोस्रो चरणमा १ महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ ।

यसपटकको चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ जनाले मताधिकार प्रयोग गर्ने छन् ।

चुनावका लागि चार हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।