विराटनगर, माघ २० । प्रदेश नं १ को प्रदेश सभाको आजबाट हिउँदे अधिवेशन सुरु भएको छ ।
आजको पहिलो बैठकमा प्रदेश सांसदहरुले सहकार्यमा जोड दिए । उनीहरुले सरकार एकलौटी रुपमा अगाडी बढेको भन्दै आगामी दिनमा यस्तो कार्य नदोह¥याउन सत्तापक्षलाई सुझावसमेत दिएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले समयमा बजेट कार्यान्वयन नगर्दा प्रतिपक्षसमेत बदनाम हुने अवस्थामा पुगेको जिकिर गरे ।
नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले भने प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसार विकासका कामलाई कार्यान्वयनको चरणमा प्रवेश गराए पनि नयाँ अभ्यास, कर्मचारी समायोजनजस्ता समस्याले बजेट कार्यान्वयनमा ढिलाई भएको बताए ।








प्रतिक्रिया दिनुहोस्