Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


जनसरकारले स्थानीय तहको रुपमा संवैधानिक मान्यता पाएको दाहालको दाबी


0
Shares

माओवादी केन्द्रले आईतबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनयुद्धकै क्रममा अभ्यासमा ल्याइएको जनसरकारले स्थानीय तहको मान्यता प्राप्त गरेका कारण माओवादी केन्द्रको जित भएको दाबी गरे । उनले यो देशमा राजा, महाराजाहरु र केही पुराना संसदीय पार्टीका नेताहरुले राम्रो काम गर्न खोज्नेलाई दमन गर्न खोज्ने र भ्रष्टहरुलाई पुरस्कृत गर्ने परम्परा नेपालमा चल्दै आएको बताए ।

खोटाङको खोटेहाङ गाउँपालिकाको सिमपानीमा आयोजित चुनावीसभालाई सम्बोधन गरेलगत्तै उनी दिक्तेल आइपुगेका थिए ।

केन्द्रीय सत्ता गठबन्धनमा कांग्रेसलाई साथ दिदैं आएका दाहालले कांग्रेस–एमाले नेतृत्वले जित हासिल गरे गाउँलाई पुनः गाउँ पञ्चायत बनाउने खतरा रहेको औंल्याए । जनसरकारको अभ्यास गर्ने, एजेण्डा पेश गर्ने र नेतृत्व गर्ने पार्टीले हार बेहोरे देश पुनः पञ्चायतकालिन अवस्थामा फर्कने उनको चेतावनी थियो ।

एमालेका नेताहरुको हिमचिम, उठबस र प्रेम हिजोका राजावादी र पूर्वराजा ज्ञानेन्द्रसँग बढेको आरोप समेत उनले लगाए ।