Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


उपलब्धि संस्थागत गर्न बुलेटको विकल्पमा ब्यालेट रोजेका हौं : उपेन्द्र यादव


0
Shares

बुलेटमात्रै समाधान नभएको तर्क गर्दै अध्यक्ष यादवले ब्यालेट (भोट) मा पनि अपार शक्ति भएकोले मधेश यसबाट पछिपर्न नहुने जिकिर गरे ।

आइतबार कपिलवस्तुको बहादुगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले भने, ‘मधेशले जसरी सडक आन्दोलन गरेर दुनियाँलाई आफ्नो तागत देखाएको छ, ठीक त्यस्तै अहिले ब्यालेट मार्फत् शक्ति देखाउने गर्ने समय हो ।’

यादवले निर्वाचनमा जानुको मुख्यकारण शक्ति संचय गरि प्राप्त उपलब्धिलाई संस्थागत गर्नु नै रहेको प्रष्ट पारेका छन् । दशकौंदेखि भएको मधेश आन्दोलन र ज्यान गुमाएका शहिदहरुको सम्मानमा स्थानीय तहको निर्वाचनमा जानु परेको उनको जिकिर छ ।