४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


चार मुलुकले कतार समक्ष राखेका माग पुरा गर्न कठिन : अमेरिकी विदेशमन्त्री


0
Shares

साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले कतार समक्ष प्रतिबन्ध हटाउने सर्तका रुपमा १३ बुँदे माग राखेका थिए । अमेरिकी विदेशमन्त्री टिल्लर्सनले ती माग कतारका लागि कठिन हुने खालका रहेको बताएका हुन् ।
चार देशका मागको सूचीले समस्या समाधानका लागि वार्ताको आधार भने तयार गरेको उनको भनाइ छ ।

अमेरिकी विदेशमन्त्री टिल्लर्सनले कतार समक्ष प्रस्तुत गरिएका मागलाई आधार बनाएर अरब क्षेत्रको समस्या समाधानका लागि वार्तामा बस्नुपर्नेमा जोड दिए ।

कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नुपर्ने लगायत चार देशले १३ बुँदे माग प्रस्तुत गरेका छन् । १० दिनको अल्टिमेटमसहित प्रस्तुत गरिएका मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नुपर्ने तथा इरानसँगको सम्बन्ध घटाउनुपर्नेलगायतका छन् ।

तर, कतारले यी माग पूरा गर्न नसकिने बताइसकेको छ । साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबियाले दुई हप्ताअघि कतारले आतंकवादलाई सहयोग गरेको भन्दै ऊसँगको राजनीतिक तथा कूटनीतिक सम्बन्ध अन्त्य गर्दै प्रतिबन्ध लगाएका थिए ।

कतारले भने आफूले कुनै पनि किसिमले आतंकवादलाई प्रोत्साहन नगरेको र अरब क्षेत्रमा अशान्ति फैलाउने प्रयास नगरेको जिकिर गर्दै आएको छ । (एजेन्सी)