Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


दमौलीबासीले लोडसेडिङबाट राहत पाउँदै, ट्रान्सफर्मर थपिए


0
Shares

नेपाल विद्युत् प्राधिकरणले दमौली सबस्टेसनमा ३० एमभीए क्षमताका दुईवटा ट्रान्सफर्मर जडान गर्न लागेपछि स्थानीयले राहत पाउने भएका हुन् । त्यसैगरी केही दिनभित्रै अर्को ३० एमभीए क्षमताको नयाँ ट्रान्सर्फमर जडान गरिने नेपाल विद्युत प्राधिकरण दमौली सबस्टेसनले जनाएको छ ।

यसपछि क्षमता अभावका कारण घरीघरी लाइन जाने समस्या कम हुने प्राधिकरण पोखरा ग्रिड शाखाका इन्जिनियर कैलाश पन्थले जानकारी दिए । उनले ट्रान्सफर्मर जडानपछि जिल्लामा १० वर्षका लागि विद्युतको चाप थेग्ने संरचना तयार हुने बताए ।

दमौलीसहित लमजुङ र गोरखासमेतको क्षेत्रमा विद्युत वितरण गर्दै आइरहेको दमौली सबस्टेशनभित्र नयाँ सबस्टेशन तयार पारिएको कार्यालयले जनाएको छ । दमौलीमा नयाँ ट्रान्सर्फमर र उपकरण जडान गरिएपछि केही दिनभित्रै नयाँ सबस्टेशनमार्फत विद्युत वितरण गरिने इन्जिनियर पन्थले बताए ।

नयाँ सबस्टेसनको क्षमता विस्तारसँगै अब लेखनाथ र भरतपुरमा विद्युत आपूर्ति अबरुद्ध भएमा पनि सिधै मध्य मर्स्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत् लिन सकिने छ ।