
भारत र चीनसँग सीमा जोडिएका आठ जिल्लामा सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । प्रत्येक जिल्ला छिर्ने नाकामा समेत सुरक्षा व्यवस्था कडा बनाइएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
त्यस्तै अति संवेदनशील ७ सय ९१ मतदानस्थल र संवेदनशील ७ सय ७५ मतदानस्थलमा समेत सुरक्षा ब्यवस्था कडा पारिएको छ । तीन तहको सुरक्षा घेराअन्तर्गत म्यादी, जनपथ, सशस्त्र र नेपाली सेनालाई परिचालन गरिएको छ भने मोबाइल टोलीसमेत परिचालन गरिएको जनाइएको छ ।
प्रत्येक मतदान स्थलका लागि आवश्यक पर्ने सामाग्री र कर्मचारी समेत परिचालन गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक सेवन्तराज दहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्