
असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाताहरुले धान रोपाइँको चटारोलाई थाती राखेर भएपनि आ–आफ्नो वडाहरुमा कायम गरिएका मतदान केन्द्रहरुमा पुगेर परिचयपत्र लिएका छन् ।
जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा २४० ओटा मतदान केन्द्र र १२० ओटा मतदानस्थल कायम गरिएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए ।
अहिलेसम्म ६० प्रतिशत बढी मतदाताले परिचयपत्र लिइसकेको जनाइएको छ ।
रामग्राम, सुनवल र बर्दघाट नगरपालिकासहित सरावल, प्रतापपुर, सुस्ता र पाल्हीनन्द गाउँपालिकामा कुल १ लाख ८३ हजार १३ जना मतदाताहरु छन् ।
प्रतिक्रिया दिनुहोस्