Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


प्रदेश राजधानी माग गर्दै धनकुटामा आन्दोलन


0
Shares

धनकुटा, माघ २० । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक बिराटनगरमा शुरु भएसँगै धनकुटामा प्रदेश राजधानी माग गर्दै आन्दोलन सुरु भएको छ ।

हिउँदे अधिशेशनले प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउने तयारी गरेको चर्चासँगै धनकुटामा राजधानीको माग उठेको हो । ‘प्रदेश १ को राजधानी धनकुटालाई बनाऔं’ अभियानको आयोजनामा र्‍यालीसहित कोणसभा गरिएको छ ।

र्‍यालीले नगरका बिभिन्न भाग परिक्रममा गरी स्थानीय मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न दलका प्रतिनिधि, नागरिक समाज, स्थानीय बासिन्दाको सहभागिता थियो ।

धनकुटालाई राजधानी नतोकिएसम्म विभिन्न दवाबमूलक आन्दोलन गरिने आयोजकले जनाएको छ ।