Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


ओलीले दिए ‘संयमको सीमा’ टुट्नसक्ने चेतावनी (भिडियोसहित)


0
Shares

प्रेस चौतारी नेपालले निर्वाचनको ‘मौनअवधि’मा सोमबार एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कतिपय ठाउँमा सरकारकै तर्फबाट अवाञ्छित गतिविधि भएको भन्दै निष्पक्ष निर्वाचन गराउन आग्रह गरेका हुन् ।

सरकार ‘उत्ताउलो बनेको’ भन्दै ओलीले आफूहरुको ‘संयमको सीमा टुट्नसक्ने’ चेतावनी पनि दिए ।

एमालेको सभा र नेता–कार्यकर्तालाई लक्षित गरी बम राख्ने, उनीहरुविरुद्ध नियोजितरुपमा मुद्दा चलाउनेजस्ता काम भएको भन्दै अध्यक्ष ओलीले त्यस्तो काम गर्नेहरुलाई सरकारले नै संरक्षण गरेको हुनसक्ने आशंका व्यक्त गरे ।

उनले निर्वाचन आयोगले पनि मर्यादित र निष्पक्षरुपमा काम गर्नुपर्नेमा जोड दिए ।

कूटनीतिक मर्यादाविपरीत नेपाली राजदूतहरु नै निर्वाचन प्रचारमा लागेको भन्दै अध्यक्ष ओलीले विरोध जनाए ।

उनले निर्वाचन प्रचारमा नभइ कूटनीतिक सम्बन्ध सुधारमा ध्यान दिन आग्रह पनि गरे ।

भिडियो हेर्नुहोस्