Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपाल–थाइल्यान्डबीचको व्यापार प्रबद्र्धनका विषयमा छलफल


0
Shares

नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि थाइल्यान्डका राजदूत भकावत तान्स्कुलको स्वागतमा गरेको कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको व्यापार प्रबद्र्धन गर्न कृषि, पर्यटन तथा लगानीका क्षेत्रमा दुबैपक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

भिसा प्रक्रिया अझ सरलीकरण गर्नसकेमा नेपाल र थाइल्यान्डबीचको व्यापार प्रबद्र्धन गर्न सहयोग पुग्ने उनले बताए । साथै, नेपाल र थाइल्यान्डबीच हवाई उडान अझ वृद्धि गर्न उनले माग गरे ।

नेपालका लागि थाइल्यान्डका राजदूत तान्सकुलले चेम्बरले उठाएको गम्भीर विषयहरुले आफनो ध्यानाकर्षण भएको बताउँदै प्राविधिक तथा लगानी प्रबद्र्धनमा आफूले सक्दो प्रयास गर्ने बताएका थिए ।

Skip This