८ असार २०८२, आइतबार | Mon Jun 23 2025


कैलालीका मतदातालाई जग्गा सिंचाईको चिन्ता (भिडियो)


0
Shares

रोपाइँसँगै चुनावमा पनि भोट हाल्न जानुपर्ने भएपछि यहाँका कृषकले भोट माग्न आउनेहरुलाई खेतीका लागि जग्गा र सिँचाइ सुविधा उपलब्ध गराउन माग गर्ने गरेका छन् ।

नेताले बाँडेको सपनाले भूमिहीन थारु किसानलाई खासै छोएको छैन । भोटका लागि पैसा दिन्छु, झुल दिन्छु, बोरिङ बनाईदिन्छु भन्नेहरु पनि छन् । तर उनीहरु भन्छन्, ‘निर्वाचनको मुखैमा सबै गर्छु भन्छन्, हार्ने त आएनन् आएनन्, चुनाव जित्ने पनि यहाँ फर्किएनन् ।’

तर, यस पटक भने राम्रो मान्छे छान्नेमा छन् उनीहरु ढुक्क छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्