झडपकाक्रममा कांग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।
माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा कांग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जिकिर गरेको छ ।
कांग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको अवस्थामा वाइसीएलले आक्रमण गरेको बताएको छ ।
झडपकाक्रममा कांग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये कांग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । रासस





प्रतिक्रिया दिनुहोस्