
गुल्मी, माघ २० । गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ग१च ८३५७ नम्बरको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी गाडी मालिक ३० वर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका–८ निवासी ५५ वर्षीय पुतली सिङ ठकुरीको मृत्यु भएको छ ।
दुर्घटनामा मुसिकोट–८ कै ५५ वर्षीया हरिकला कार्की र बागलुङ दगातुम्डाँडा घर भई वामी मैदान दिदी भेट्न आएका १४ वर्षीय कमल कार्की घाइते भएको प्रहरीचौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।
घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि वामीटक्सार पठाइएको छ । जीप वामीटक्सार जाने क्रममा चौपारी भिरबाट तल खसेको हो । (रासस)
प्रतिक्रिया दिनुहोस्