
कांग्रेका नेता डा. शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, डा. डिला संग्रौला, सांसद एवं पूर्वराज्यमन्त्री दिलीप गच्छदार, सांसद अमृत अर्याल, एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित, नेकपा माओवादी केन्द्रका पूर्वसचिव एवम् पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले मोरङका विभिन्न ठाउँबाट मतदान गर्नेछन् ।
यसैगरी, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोपी अछामी, पोलिटब्युरो सदस्य हेमकार्की, कुशल लिम्बू, शिवकुमार मण्डल, माओवादी केन्द्रका सचिवालय सदस्य सावित्रीकुमार काफ्ले, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, डा. शिवमाया तुमबाहाम्फे, एमाले केन्द्रीय सदस्य गुरु बराल, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार टंक गिरीलगायतले पनि यहाँबाट मतदान गर्नेछन् ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्तबहादुर भट्टराईकाअनुसार सुजाता कोइरालाले आदर्श स्कुलको मतदान केन्द्र र डा. मीनेन्द्र रिजालले पोखरीया स्कुल मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले जनता स्कुलको मतदान केन्द्रमा मत खसाल्नेछन् ।
माओवादी केन्द्रका पूर्वसचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्रबाट मत हाल्नेछन् ।
माओवादी पोलिटब्युरो सदस्य शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्ने सो पार्टीले जनाएको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नेछन् ।
त्यस्तै, अन्य नेतामा डा. डिला संग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, एमालेका केन्द्रीय सदस्य तथा कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे तीनटोलीया मतदान केन्द्र, गुरु बरालले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट भोट हाल्नेछन् ।
डा. शिवमाया तुम्बाहाम्फेले उर्लाबारी नगरपालिकाबाट मतदान गर्नेछन् ।
यसैगरी, माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले डाँगिहाट मतदान केन्द्र, केन्द्रीय सल्लाहकार टंक गिरीले विराटननगर–१३ को नारायण प्रावि मतदान केन्द्र, कुशल लिम्बूले मिक्लाजुङ मतदान केन्द्र र पोलिटब्युरो सदस्य होम कार्कीले टंकीसिनवारीको नरग्राम माविबाट मतदान गर्नेछन् ।
त्यसैगरी, सांसद एवं पूर्वराज्यमन्त्री दिलीप गच्छदारले रमाइलोको जनसेवा मावि मतदान केन्द्रबाट मतदान गर्ने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्