बासुदेव बर्मा
कपिलवस्तु, माघ २० । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ मा रहेको जामिया सिराजुलवलुम र आयसा सिद्दीकीया गर्ल्स कलेजको प्रदेश नं. ५को समाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, उपसचिव चित्तमणि खनाल र इन्द्रमणि खनालको संयुक्त टोलीले निरीक्षण गरेको छ ।
उक्त मदरसाको भौतिक स्थिति, शैक्षिक स्थिति र कक्षा कोठाको अवलोकन र अध्यनरत विद्यार्थीहरुसँग टोलीले भेट गरेको हो । मदरसामा पढेका विद्यार्थीलाई थप शिक्षाका लागि हुने व्यवहारिक कठिनाइलगायतका विषयमा छलफल गरी टोलीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।
मदरसाका प्रवक्ता मौलाना मसहूद खां नेपालीले मदरसा शिक्षालाई सरकारीसरह मान्यता दिन पहल गर्न आग्रह गरे । उनले प्रदेश नं. ५ मा हज कमिटी गठन गर्नु पर्ने खाँचोसमेत औंल्याए ।
उक्त मदरसाका प्रधानाध्यापक खुर्शिद अहमद शेख, मदरसा अध्यक्ष मौलाना शमीम अहमद, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, प्रहलाद पाण्डेय, मदरसाका शिक्षक लगायत सो अवसरमा सहभागी थिए ।








प्रतिक्रिया दिनुहोस्