Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा चुस्त छ, ढुक्क भएर मतदान गर्नोस् : आयोग


0
Shares

मंगलबार पत्रकार सम्मेलन गरी प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणअन्र्तगत् बुधबार निर्वाचन हुने १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचनको सबै तयारी पूरा गरिएको जानकारी दिए ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने जानकारी दिँदै आयोगले सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुक्क भएर मतदान गर्न आग्रहसमेत गरेको छ ।

मतदानका लागि फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य भएपनि मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले परिचयपत्र नहुनेहरुले परिचय खुल्ने व्यहोराको सरकारी निकायबाट जारी गरिएको नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्र वा अरु कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

अपांगता भएका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानकार्यमा प्राथमिकता दिइ उचित व्यवस्थापन मिलाउन निर्देशन दिइएको पनि आयोगले जनाएको छ ।