८ असार २०८२, आइतबार | Mon Jun 23 2025


निर्वाचनका लागि नेपाली सेनाले हवाई गस्ती थाल्यो


0
Shares

रुपन्देहीका १६ ओटै स्थानीय तहमा निर्वाचन सामग्री पुर्‍याइसकिएको छ भने मतदानस्थलहरुको निर्माण पनि भइसकेको छ ।

७० प्रतिशतभन्दा बढी मतदाता परिचयपत्र वितरण भइसकेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत् पारिएको दाबी प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले गरेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रभाव क्षेत्र मानिएको पश्चिमका गाउँपालिका तथा नगरपालिकाहरुमा सुरक्षा प्रबन्ध थप बलियो बनाइएको तथा नेपाली सेनाले हवाई गस्तीसमेत गर्न थालिसकेको पनि सिंहले जानकारी दिए ।

विस्फोटक पदार्थ नियन्त्रणका लागि जिल्लामा सेनाका १० ओटा बम डिस्पोजल टोली तम्तयार अवस्थामा राखिएको छ ।

रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेका छन् । जहाँ २०८ मतदानस्थल र ५४३ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्लामा कुल ४ लाख ६२ हजार ५ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।