फाइल फोटो
संस्थाले गाउँमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि यो दिवस मनाउँदै आइरहेको छ ।
यो वर्षको धान दिवस नुवाकोटको शिवपुरी गाउँपालिकामा वडा नम्बर–७ स्थित बूढीसेरामा मनाइने भिटोफका कोषाध्यक्ष गगनराज न्यौपानेले बताए ।
‘यो गाउँ पर्यटकीय हिसाबलेसमेत महत्वपूर्ण छ, राजधानीबाट ३५ किलोमिटरमात्र टाढा रहेको र यो गाउँ भएर नेपाल आउने पर्यटकको प्रमुख गन्तव्य मानिने लाङटाङ र गोसाइकुन्डसमेत जान सकिन्छ’–उनले भने ।
सो अवसरमा स्थानीय संस्कृतिका कार्यक्रमका साथै दही–चिउरा खाने कार्यक्रम पनि रहेको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्