८ असार २०८२, आइतबार | Mon Jun 23 2025


मतदानको समयमा भारी वर्षा हुने सम्भावना, बिहानै भोट हाल्नोस् : मौसमविद् (भिडियोसहित)


0
Shares

उनीहरुले मतदानको समयमा वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै वर्षाबाट जोगिएर मतदान गर्ने गरी आवश्यक सामग्रीको जोहो गर्न मतदाताहरुलाई सुझाव दिएका हुन् ।

मनसुन सुरु भएको दुई साता भइसकेको र देशैभर मनसुन सक्रिय रहेको भन्दै मौसमविद्हरुले मतदातालाई वर्षाबाट जोगिने उपाय खोज्न आग्रह गरेका छन् । उनीहरुले सकेसम्म बिहानै मतदान गर्न पनि भनेका छन् ।

भोलिबाट कतिपय ठाउँमा भारी वर्षाको सम्भावना उच्च रहेको भन्दै पूर्वतयारी गर्न मौसमविद्हरुले मतदातालाई सुझाव दिएका हुन् ।

बुधबार मध्याह्नपछि र बेलुकी भारी वर्षा हुने सम्भावना उच्च रहेकाले मतदाताहरुलाई बिहानको समयमा नै मतदान गर्न मौसमविद्हरुले सुझाव दिएका हुन् ।

चुनाव हुन लागेको १, ५ र ७ नम्बर प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मध्याह्नपछि भारी वर्षा हुने अनुमान मौसमविद्हरुको छ ।

बिहानीपख हल्का वर्षा भएपनि केही समय भने आकाश खुल्ने र मध्याह्नपछि र बेलुकी भने भारी वर्षा हुने मौसमविद् राजु प्रधानांगले बताए ।

मध्याह्नपछि विस्तारै मनसुन सक्रिय हुँदै जाने हुँदा बिहानपख नै मतदान गराउन सकियो भने धेरै मत खस्ने मौसमविद्हरुको भनाइ छ ।

पश्चिमी वायुका कारण सक्रिय बनेको मनसुन भारतको बिहार–उत्तरप्रदेशसँग सिमाना जोडिएको प्रदेश नम्बर–१ र ५ तथा उत्तराखन्डसँग सिमाना जोडिएको ७ नम्बर प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको हो ।

त्यसो त निर्वाचन आयोगले पनि वर्षाका कारण मतदानकार्य प्रभावित हुनसक्ने भन्दै आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।