मंगलबार काठमाडौं महानगरपालिकासँग सम्झौता गरी साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउने जनाएको हो ।
साझा यातायातले सेवा विस्तारका लागि काठमाडौं महानगरपालिकासँग गरेको सम्झौताअनुसार महानगरपालिकाले ५ करोड रुपैयाँ सेयरकोरुपमा उपलब्ध गराएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले साना सवारी–साधनको प्रयोग घटाउँदै सार्वजनिक यातायातलाई भरपर्दो बनाउन साझासँग सम्झौता गरिएको बताए ।
उनले काठमाडौं महानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने अभियानमा साझा यातायातको सेवा महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्