Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


साना उद्यमीका उत्पादनहरुको प्रदर्शनी


0
Shares

युएनडीपीको साना उद्यमी विकास कार्यक्रम (मेडेप)ले मंगलबार ललितपुरमा पहिलो लघु, घरेलु तथा साना उद्योग दिवस मनाउँदै आफ्ना सहयोगमा उद्यमी भएका हरुको उत्पादनको प्रदर्शनी गरेको हो ।

मेडेपले ‘साना उद्योग ठूलो प्रभाव’ नारासहित पहिलो एमएसएमई दिवस मनाएको हो । प्रदर्शनीको ५ हजार बढीले अवलोकन गरेको जनाइएको छ ।

गरिबी निवारण गरी जीवनस्तर उकास्न साना उद्योगको भूमिका महत्वपूर्ण हुने भएकाले यो दिवस मनाउन थालिएको जनाइएको छ ।

सन् १९९८ मा सुरु भएको यस मेडेप कार्यक्रमले हालसम्म मुलुकमा १ लाख १८ हजार उद्यमी तयार गरिसकेको जनाइएको छ ।

यसबाट नेपालको विपन्न समुदाय, दलित र महिला बढी लाभान्वित भएको युएनडीपीकी कार्यक्रम विशेषज्ञ नवीना श्रेष्ठले बताइन् ।