
पाल्पामा मतदानका लागि लाईनमा रहेका ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको छ भने झापामा त्यस्तै घटनाका ८२ वर्षीय नरेन्द्रबहादुर भण्डारीको मृत्यु भएको हो ।
पाल्पाको अरननिको आधारभुत विद्यालय यम्घास्थित मतदान केन्द्रमा मतदानका लागि लाईनमा उभिएका भट्टराई एक्कासी ढलेका थिए । उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
झापाको दमक–९ स्थित सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न गएका ८२ वर्षीय भण्डारीको हृदयघातबाट मृत्यु भएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीबाट मतपत्र लिएर मतपेटिकातर्फ गएका उनलाई अकस्मात हृदयघात भएको थियो । उनको तत्कालै मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्