२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


एउटा घर किन्दा दुई देशको नागरिकता पाइने !


0
Shares

अमेरिका र क्यानाडाको सीमा क्षेत्र मै रहेको उक्त घर बिक्रीमा छ । ७ हजार वर्गफिटमा रहेको उक्त घरको मूल्य एक लाख ९ हजार डलर छ ।

४० वर्ष पुरानो यो घरका मालिक ब्रेन र जोन डुमोलिन दम्पत्ती हुन् । उनीहरु दुबैले यो घर बिक्री गर्ने निर्णय गरेका हुन् । पुरानो भएका कारण खरिदकर्ताले यो घर मर्मत गर्नुपर्ने हुन्छ ।

यो घरमा २४ सै घण्टा सुरक्षा व्यवस्था उपलब्ध छ । सीमा क्षेत्र भएका कारण पनि दुबै देशका सुरक्षाकर्मीले यो घर आसपास सुरक्षा दिइरहेका हुन्छन् ।

दुबै मुलुकको सीमा क्षेत्रमा भएका कारण यो घर दुई मुलुकसँग सम्बन्धित भएको हो । त्यसैले पनि यो घरको मालिकले दुबै मुलुकको नागरिक हुन पाउँछ । (एजेन्सी)