
इनरुवा, असार १९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सुनसरीको कोसी गाउँपालिका–४, कटानमा सोमबार राति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरानबाट घुमफिर गरी घर फर्कनेक्रममा उनीहरु सवार बीआर०६पीबी ६४१८ नम्बरको बोलेरो अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।
कोसी कटानमा रहेको सिपेज पानीमा बोलेरो खस्दा तीनजनाको घटनास्थलमै तथा अन्य तीनको विराटनगरमा उपचारकाक्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत, बिहार, मधुवनीका सन्जीवकुमार पौदार, सुपौलका पाँच वर्षीय गोनुकुमार राय, कन्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्रकुमार राय र ललियादेवी राय छन् ।
दुर्घटनामा १० वर्षीय आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएकामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्