
समग्रमा ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ ।
साँझ ५ बजे मतदानको समय सकिएपनि लाइनमा बसेकाहरुले मतदान गर्न सक्नेछन् ।
केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण ढंगले उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।
प्रदेश नम्बर–१, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार मतदान भएको हो ।
दोस्रो चरणमा ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन भएको हो ।
६४ लाख ३२ हजार ७६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ जना चुनावी प्रतिस्पर्धामा छन् ।
७४४ स्थानीय तहमध्ये प्रदेश नम्बर–३, ४ र ६ का २८३ तहमा गत वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर–२ का १२७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन मिति तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्