
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गृहजिल्ला डडेल्धुरामा मतदान गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सभापतिसमेत रहेका देउवाले आफ्नो जन्मथलो गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ असिग्राम रुवाखोलाको असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
प्रधानमन्त्रीकी पत्नी सांसद डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छन् ।
सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाबाट मतदान गरेकी छन् । बालोदय माध्यमिक विद्यालयमा पुगेर सभामुख घर्तीले मतदान गरेकी हुन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर–१० स्थित कलबलगुडी प्राविबाट मतदान गरेका छन् भने कांग्रेस नेताद्वय शेखर कोइराला र सुजाता कोइरालाले विराटनगरको आर्दश विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् भने एमाले उपाध्यक्ष बामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मतदान गरेका छन् ।
यस्तै, एमाले नेता सुवास नेम्वाङले गृहजिल्ला इलाममा मतदान गरेका छन् भने उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङमा मताधिकार प्रयोग गरेका छन् ।
यसैगरी, एमाले उपाध्यक्ष भीम रावलले अछामको साफेबगर नगरपालिका–८ को चन्द्रोदय मतदान केन्द्रमा मतदान गरेका छन् भने एमाले नेता शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा मतदान गरेका छन् ।
एमाले सचिव गोकर्ण विष्टले गुल्मीको इम्सा गाउँपालिकाबाट मतदान गरेका छन् ।
यस्तै, एमाले सचिव प्रदिप ज्ञवालीले गुल्मीको रुरु नगरपालिका वडा नम्बर–४, बम्घा निम्न माध्यामिक केन्द्रबाट बिहानै मतदान गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस विभाग भवनमा पुगेर मतदान गरेका छन् ।
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको अर्घारजस्थल माध्यामिक विद्यालयबाट बिहानै मतदान गरेका छन् ।
यस्तै, माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय माध्यामिक विद्यालयबाट मतदान गरेका छन् ।
राप्रपा उपाध्यक्ष दीपक बोहराले सिद्धार्थनगर नगरपालिका वडा नम्बर–३ बाट मतदान गरेका छन् ।
उपप्रधानमन्त्री एवं नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले सुनसरीको दुहवी मतदान केन्द्रबाट मतदान गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्