
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्ति नेपालबाट प्रमुख पदका उम्मेदवारहरु क्रमशः कमलप्रसाद भुसाल, कृष्णप्रसाद श्रेष्ठ र यमुना भुसालले वडा नम्बर–२ स्थित अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गरेका हुन् ।
यसैगरी, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता रेवतीप्रसाद भुसालले सन्धिखर्क नगरपालिका वडा नम्बर–९ स्थित रासीचौर केन्द्रबाट मतदान गरे । रासस
प्रतिक्रिया दिनुहोस्