९ असार २०८२, सोमबार | Mon Jun 23 2025


सोलुखुम्बुको तिङ्लामा शून्य मतदान, विरोधस्वरुप मतदान नै गरिएन


0
Shares

स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोधस्वरुप मतदान गरेका छैनन् ।

नेचा–सल्याङ–६ तिङ्लाका पाँचओटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडि बढाएपनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

नेचा–सल्याङ गाउँपालिका–६ तिङ्लामा दुई हजार ४७६ मतदाता रहेका छन् । सो वडामा कसैले पनि उम्मेदवारी दिएका छैनन् ।

सोलु–दूधकुन्ड नगरपालिकाको सट्टा नेचा–सल्याङ गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको संघर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिए ।

स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरामाइलो लागे पनि त्यो आफूहरुको बाध्यता भएको बताए । रासस