Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


शिवम् सिमेन्ट २० बोरा किन्दा एक बोरा सित्तैमा


0
Shares

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी शिवम् सिमेन्टले प्रत्येक २० बोरा सिमेन्ट खरिदमा एक बोरा सित्तैमा दिने घोषणा गरेको हो ।

सो अवसरमा शिवम् सिमेन्टका उपाध्यक्ष साजन देवकोटाले ग्राहकको सन्तुष्टिलाई लक्षित गर्दै यस्तो योजना ल्याइएको जानकारी दिए ।

‘एक हाम्रो तर्फबाट‘ नारासहित ल्याइएको यो योजना आफ्ना इमान्दर ग्राहकहरुलाई पुरस्कृत गर्ने उद्देश्यले ल्याइएको पनि देवकोटाले बताए ।

यो योजना तत्काल लागू हुने पनि शिवम् सिमेन्टले जनाएको छ ।