९ असार २०८२, सोमबार | Mon Jun 23 2025


दार्चुलामा कांग्रेसको विजयी सुरुवात


0
Shares

लेकम गाउँपालिका– १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा माओवादी केन्द्रका तारासिंह बोहराले २१३ मत प्राप्त गरे ।

सो वडामा कुल एक हजार ८० मत खसेको थियो ।

लेकम गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उत्तम नाथले ३४९ मत, एमालेका परमानन्द जोशीले ३४८ तथा माओवादी केन्द्रका रामदत्त जोशीले अहिलेसम्म २४६ मत प्राप्त गरेका छन् ।

जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाले जानकारी दिए । (रासस)