Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


दिपायल–सिलगढी नगरपालिका र शिखर नगरपालिकामा कांग्रेसको अग्रता


0
Shares

डोटीको दिपायल–सिलगढी नगरपालिकामा खसेको १० हजार ४३० मतमध्ये ७०० मत गणना हुँदा प्रमुखमा कांग्रेसका विजय खड्का ३८६ मतका साथ अगाडि छन् भने नेकपा एमालेकी मन्जु मलासीले १३९ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार प्रेम नेपालीले ६९ मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा कांग्रेसकी प्रोसिस महराले २६४ मत प्राप्त गरेकी छन् । एमालेका शिव खड्काले २८० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका तुलक्षीदेवी सोपले २४ मत प्राप्त गरेकी छन् ।

शिखर नगरपालिका
१२ हजार १९२ मत खसेको शिखर नगरपालिकामा ५०० मत गणना हुँदा प्रमुखमा कांग्रेस उम्मेदवार सिताराम जोशीले २७१ मत प्राप्त गरेका छन् ।

एमालेका शेरबहादुर मल्लले १६५ मत प्राप्त गर्दा माओवादी केन्द्रका रमेशप्रसाद जोशीले २८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी धौलीदेवी रावलले २७१ मत प्राप्त गर्दा एमालेकी राधिका बोहराले १६८ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी नेत्रा साउद बोहराले २४ मत प्राप्त गरेकी छन् ।